• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

यि रहेछन् लिभिङ टुगेदरमा बस्ने ‘प्रेमिका’को स्वयम्भूमा हत्या गर्ने युवक


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको स्वयम्भूस्थित शोभा भगवतीमा प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । तर, सो हत्याको घटना ३ महिनापछि बाहिरिएको छ । डेरा लिएकाहरूले लामो समय कोठा बन्द गरेपछि घरधनीले कोठा खोल्दा घटना बाहिरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

माघ ३ मा शोभा भगवतीस्थित सरिता गिरीको घरको भुईँ तलामा ५१ वर्षीया सफिना मियाँको शव भेटिएको थियो । मृतक सफिना तनहुँ जिल्ला भिमाद नगरपालिका ५ की स्थानीय भएको उनका छोराले सनाखत गरिदिए ।

सफिनालाई भारतीय नागरिक ईकरामुल हक अन्सारीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ४३ वर्षीय अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए । -रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖