• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

केटा फसाउने युवतीलाई छ महिना कैद सजाय


  • धनकुटा खबर
  • .

काठमाडौं, हनी ट्रयाप गरेको आरोप लागेकी एक महिलालाई काठमाडौं जिल्ला अदालतले ६ महिना कैदको सजाय सुनाएको छ ।

देवी थापा नाम गरेकी महिलालाई ६ महिना कैद, ७ लाख रुपैयाँ बिगो र ५ हजार जरिवानाको सजाय भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी सीपी पन्थीले जानकारी दिए।

आपराधिक लाभ कसुरमा श्यामलाल घिमिरे न्यायाधीशको एकल इजलासले थापालाई दोषी ठहर गरेको हो । यो घटनामा थापा र सुदर्शन थापालाई पनि प्रतिवादी बनाइएको थियो । सुदर्शनलाई ७ दिन कैद, एक हजार रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ बिगोको सजाय भएको छ ।

उनीहरुविरुद्ध आपराधिक लाभमा २१ लाख रुपैयाँ बिगो दाबी गर्दै अभियोगपत्र दायर भएको थियो । पीडित पुरुषको नजिक भएर ब्ल्याकमेलिङ गरेको भन्दै दुई जनाविरुद्ध आपराधिक लाभको कसुरमा मुद्दा चलेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖