• Tuesday 6th of October 2026

शक्तिशाली भूकम्प


  • धनकुटा खबर
  • .

सोमबार राति ११ बजेर ३९ मिनेटमा चीन–किर्गिस्तान सीमा क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु दक्षिणी सिनजियाङमा जमिनबाट २२ किलोमिटर तल रहेको बताइएको छ ।

भूकम्पका कारण धेरै भवनहरू भत्किएको र धेरै मानिस घाइते भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । भूकम्पपछि ४० वटा परकम्प पनि गइसकेका छन् ।

विभिन्न स्थानमा फसेका मानिसको उद्धार गर्न उद्धारकर्मीको टोली पठाइएको छ भने भूकम्पको प्रभाव भारतमा पनि देखिएको छ । दिल्ली-एनसीआरमा लामो समयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो। मानिसहरु घरबाहिर निस्किएर खुला ठाउँमा पुगेका थिए ।

भूकम्पको सबैभन्दा बढी प्रभाव उरुम्की, कोरला, काशगर, यिनिङमा महसुस भएको छ भने चीनको सिनजियाङ रेलवे विभागले २७ वटा रेल सञ्चालन रोकेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖