• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

देवरले नै ३० वर्षीया भाउजुको हत्या गरेपछि


  • धनकुटा खबर
  • .

सिरहा । सिरहा सखुवानान्कारकट्टी गाउँपालिका ४ सखुवहा बस्ने ३० वर्षीया तन्जिला खातुनको हत्या गरेको अभियोगमा उनकै देवर नाता पर्ने २५ वर्षीय मो. ज्याउल मियाँलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मियाँले धारिलो हतियार बन्चरो प्रहार गर्दा तन्जिला गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते तन्जिलाको सप्तऋषी अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖