• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

ठमेलमा सानुभाइ समूहले बाग्लुङका युवकलाई मरणास‍न्‍न हुने गरी कुटे


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजधानीको ठमेलमा एक पुरुषमाथि सानुभाइ भनिने युवराज गुरुङको समूहले कुटपिट गरेको छ। गुरुङको समूहले बागलुङ घर भएका एक पुरुषमाथि गत शनिबार ठमेलमा कुटपिट गरेको प्रहरीले जानकारी गराएको छ। गुरुङको समूहले छायाँ सेन्टरको प्लेब्वाइ क्लबको पार्किङमा ती पुरुषमाथि कुटपिट गरेको हो ।

ती पीडितले दरबारमार्ग प्रहरीमा सानुभाइसहित ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा किटानी जाहेरी दिएका छन्। उनीहरुबीच के विषयमा विवाद भएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन। प्रहरीले पीडितको नाम पनि सार्वजनिक गरेको छैन।

ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई १५ असारमा कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला प्रहरीले सानुभाइलाई हत्कडीसहित ठमेलमा घुमाएको थियो ।

त्यतिबेला प्रहरीले नुवाकोट ५ ककनीका निरज गुरुङ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का कमल तामाङ, काठमाडौं टोखा नगरपालिका–१० का विक्रम अधिकारी, तनहुँ व्यास नगरपालिका– २ का ३२ वर्षीय सुवास कायस्थ, त्यहीका ३२ वर्षीय सुरज कायस्थ र शेरलाल पौडेल, रघु तामाङ तथा विनोद तामाङलाई पक्राउ गरेको थियो । उनीहरू गत साउन १० मा धरौटीमा छुटेका थिए ।

अहिलेको फेरि सानुभाइ फरार छन् भने उनको समूहका एक जना विश्व लामा पक्राउ परिसकेका छन् । काठमाडौं प्रहरीका एक अधिकृतले घटनामा संलग्नहरुको प्रहरीले खोजी गरिरहेको बताएका छन् । प्रहरी अधिकृतहरुका अनुसार, कुट्ने र कुटिने समूहका व्यक्तिहरु दुवै प्लेब्वाई नामक डिस्कोबाट छाया सेन्टरसम्म पुगेका थिए । त्यहाँ पुगेपछि एक्कासी दुई पक्षबीच हानाहान भएको भन्दै प्रहरीमा जाहेरी परेको छ ।

जाहेरी आएपछि दरबारमार्ग प्रहरी पार्किंङ लटको क्लोज सर्किट (सीसी) टीभी फुजेट समेत मगाएको छ । प्रहरी इन्काउन्टरमा परेका कुमार घैटे समूहमा क्रियाशील रहेका गुरुङले यतिबेला राजधानीको ठमेलमा छुटै समूह बनाएर गुन्डा गर्दी गरिरहेका छन् ।

गुरु घैंटेको इन्काउन्टर भएपछि असुरक्षित मान्दै सानुभाई बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्थे । बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्दै गरेको बेला २०७२ सालमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। त्यतिबेला उनको साथबाट पेस्तोल र गोलीसमेत बरामद भएको थियो। तर कुनै समय प्रहरीको डरले बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने उनै सानुभाई अहिले खुल्लमखुला गुण्डागर्दी गर्दै हिँड्न थालेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖