• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

रामबहादुर बम्जनविरुद्ध यौन शोषणको मुद्दा हाल्ने किशोरीका बुबा सवारी दुर्घटनामा मारिए


  • धनकुटा खबर
  • .

काठमाडौं— रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवा सवारी दुर्घटनामा मारिएका छन् ।

सिन्धुली जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते किशोरीको बुबाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।

उक्त ट्याक्टरले ती किशोरीका बुवा सवार मोटरसाइकलसँगै ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो। यसका चालक भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच मृतकका आफन्तले षड्यन्त्र गरी मारिएको हुन सक्ने आशंका गरेका छन्। ती किशोरीका बुबाले केही दिनअघि मात्रै बम्जनले गरेको यौन शोषण बारे अन्तर्वार्ता दिएका थिए । ठक्कर दिने ट्याक्टरका चालक पुष्पलाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेको छ ।

बाराको रतनपुरीस्थित जङ्गलको आश्रममा बस्दा ती किशोरीलाई बाल यौन शोषण गरेको अभियोगमा बम्जन हाल महोत्तरी जिल्ला कारागारमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖