धनगढीमा आफ्नै घरको ५ औँ तलाबाट हाम फालेका अग्रवालको मृत्यु
धनगढी । धनगढीमा आफ्नै घरको ५ तलामाथिबाट हाम फालेका व्यवसायी सन्तोष अग्रवालको मृत्यु भएको छ ।
धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालकसमेत रहेका अग्रवालले बुधबार बिहान करिब साढे ११ बजे आफ्नै घरको पाँचौँ तलाबाट हाम फालेका थिए । त्यसलगत्तै उपचारका लागि अग्रवाललाई नवजीवन अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
अग्रवालको टाउकोको बायाँ पट्टीको भाग फुटेको थियो । अग्रवालको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको छ ।
