ग्रिन सिटी अस्पतालमा भेलु बाजेको सफल उपचार भएको छ। उनको स्वास्थ्यमा समस्या देखिएपछी पत्रकार भोज राज थापा भेलु बाजे कै ठाउँमा पुगेका थिए ।उनको आग्रह मानेपछी भेलु सहजै उपचार गराउन तयार भए।
यो विषयलाई धेरैले रुचाउनु भयो।पत्रकार थापाको राम्रैसंग तारिफ पनी भयो।उनले संञ्जालबाट निरन्तर अपडेट दिदै गए ।पछिल्लो उनको अपडेट अनुसार भेलु बाजेको स्वास्थ्यमा राम्रै सुधार भएको देखीन्छ।
उनले संञ्जालमा लेख्दै भने, ‘बिरामी भई अस्पतालमा भर्ना हुनु भएका भेलु बाजेलाई भोली डिसचार्ज गरिदैछ र बाजेले कहिल्यै रक्सी नखाने कसम पनि खानु भएकोछ। सन्चो भएपछि बाजे धेरै खुशी देखिनु भयो।
धन्यवाद ग्रीनसिटि हस्पिटल।”
