काठमाडौं । अमेरिकामा बच्चा जन्माउने योजनामा रहेकी अभिनेत्री रेखा थापा यतिबेला चर्चामा छन् ।
ठूला सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने भन्दै मत विभाजित भएको हो ।
उनीबारे पक्ष विपक्षमा तर्क भइरहँदा रेखाले शनिबार साँझ एक्समार्फत देशको माया हुनेहरूले आफ्ना सन्तान नेपाल फिर्ता बोलाए हुने बताएकी छन् ।
‘देशको माया हुनेहरूले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो,’ उनले भनेकी छन्, ‘अमेरिकामा किन राखेको ?’
