नेपालि प्रत्यक्ष दोहोरी क्षत्रमा पछिल्लो समय श्याम राना भन्ने बित्तिकै सबले रुचायकै गायक हुन्।
जो जहा कार्यक्रममा पुगेका हुन्छन त्यस ठाउमा सबैलाई रमाइलो अनि सबैलाई हसाउने र नचाउने कोसिस गरेको पाउन सकिन्छ। २०५८ साल देखी नेपालि दोहोरी क्षत्रमा लागेका श्याम रानाले लामो समय संघर्ष गर्दै दर्शकहरुको मन समेत जित्दै आयका कयौ उदाहरण तपाई हामी समेत पाउदै आयका छौं।
स्याङ्गजाको चापाकोटमा जन्मियका श्याम रानालाई त्यहिको माटोले गाउन सिकायो, नाच्न सिकायो, अनि सबलाई मनोरंजन दिन पनि सकायो। श्यामको बुवा आमाको भनाइ अनुसार पनि श्याम राना सानै देखी अरु कुरामा भन्दा पनि नाच्न गाउनमा धेरै ध्यान दिने गरेका हुन्थे रे।
उनलाई पढाउने शिक्षक पनि उनकै भिनाजु हुनुहुदो रहेछ। उहाले पनि श्याम राना सानै देखी कलाकार बन्ने स्वभाब लियर जहा गयपनि गाउन नाच्न नछाड्ने कुरा समेत हामीलाइ बतायका थिय।
