• Sunday 4th of October 2026

झापामा झाडीमा भेटिएका शिशुको अभिभावकत्व लिन ५० जनाभन्दा बढीको इच्छा


  • धनकुटा खबर
  • .

झापा । भद्रपुरको झाडीमा भेटिएका नवजात शिशुको अभिभावकत्व लिनका लागि ५० जनाभन्दा बढी मानिसले इच्छा देखाएका छन्।

शिशुलाई हकदावी गर्न आफ्नै अभिभावक आउने संभावना नदेखेपछि अभिभावकत्व लिन उनीहरूले इच्छा देखाएका हुन्।

डाक्टर, इन्जिनियर, राजनीतिकर्मी, प्राध्यापक, उद्योगी/व्यवसायीलगायतले ती शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने इच्छा देखाएका हुन्।

भद्रपुरका नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, नगरपालिकाका अन्य जनप्रतिनिधि र कर्मचारीका साथै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दुर्गाराज रेग्मी, डीएसपी खगेन्द्रप्रसाद रिजाल, प्रादेशिक अस्पतालका संचालक समिति, चिकित्सकलगायत धेरैजनालाई शिशु लिनका लागि भनसुन गर्न थालिएको छ।

शिशुका लागि झापा, इलाम, खोटाङ, दाङलगायतका जिल्लासFगै विदेशबाटसमेत फोन आउने गरेको बताइएको छ।

भद्रपुर नगरपालिकाले हकदाबीका लागि आह्वान गर्दै गत शुक्रवार सात दिने सूचना निकालेको छ। उक्त नवजात शिशु कसको हो? सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्नो शिशुको पर्याप्त प्रमाण कागजातसहित हकदाबी गर्न आउन हुन सूचनामा उल्लेख छ।

ती शिशुको अभिभावकको हकदावीको म्याद नसकिँदै अभिभावकत्व लिन चाहने बाहिरका व्यक्तिहरुको ताँती देखिएको हो।

नगरप्रमुख पोखरेलले अभिभावकत्व दिनैपर्ने अवस्था आएपछि अप्ठ्यारो नपर्नेगरी सबै कानुनी प्रक्रिया पूरा गरेर मात्र शिशुलाई जिम्मा दिइने बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖