• Tuesday 6th of October 2026

संसारमै पहिलो पटक मानिसमा ‘वायरलेस ब्रेन चिप’ जडान


  • धनकुटा खबर
  • .

प्रविधि जगतका अर्बपति एलन मस्कले आफ्नो कम्पनीले पहिलोपटक मानिसमा वायरलेस ब्रेन चिप जडान गरेको बताएका छन्।

मस्कको कम्पनी न्यूरालिङ्कले संसारमै पहिलोपटक मानिसमा आफ्नो वायरलेस ब्रेन चिप सफलतापूर्वक जडान गरेको बीबीसीले जनाएको छ।

मस्कका अनुसार प्रारम्भिक नतिजामा राम्रो न्यूरोन स्पाइक्सको पत्ता लागेको र जो व्यक्तिमा चिप जडान गरिएको छ तिनी पनि स्वस्थ छन्।

मानव मस्तिष्कलाई कम्प्यूटरसँग जोड्नका लागि उक्त प्रयोग गरिएको कम्पनीले बताएको छ। मानव मस्तिष्क कम्प्यूटरसँग जोडिए पछि जटिल स्नायूसँग सम्बन्धित रोगबाट लड्न मद्दत पुग्ने कम्पनीको भनाइ छ।

मस्कको कम्पनीलाई गत वर्ष मे महिनामा मानिसमाथि चिपको परीक्षण सुरु गर्न फूड एन्ड ड्रग एडमिनिस्ट्रेसनले अनुमति दिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖