• Tuesday 6th of October 2026

यसकारण माघ २२ गते देशभरका फिल्म हल बन्द हुने


  • धनकुटा खबर
  • .

काठमाडौँ । आगामी माघ २२ गते मुलुकभरका फिल्म हल बन्द हुने भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको हो ।

सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरित अन्य कर लगाइएको आरोप लगाएको छ ।

संहिताविपरित चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करहरूले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको जनाउँदै सङ्घले मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक करहरूको खारेजीको मा गरेको छ ।

सङ्घले कोरोना महामारीअघि देशभर ४५० वटा चलचित्र हल सञ्चालनमा रहे पनि अहिले १५९ वटा मात्र हल सञ्चालनमा रहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖