मुटु रोग विश्वमा पहिलो स्वस्थ्य समस्याको रुपमा परिचित छ । यसलाई दिर्घ रोग वा क्रोनिक रोगको साथै जिवनशैलीसँग सम्बन्धित रोगको रुपमा पनि लिने गरिन्छ ।मुटुरोग हुन नदिनका लागी हामिले अपनाई रहेको अव्यवथित खानपानलाई परिमार्जित गुर्नुपर्छ । मुटु रोगबाट बच्नका लागि हाम्रो जिवनका चारवटा व्यवहार खानपान, शारीरिक व्यायम, धुम्रपान र मद्यपान परिर्वतन गनुपर्ने हुन्छ ।
मानिस शारीरिक रुपमा स्वस्थ्य हुनका लागी उचाई अनुसारको तौल व्यवस्थापन गर्नुपर्ने हुन्छ । तौल व्यवस्थापनका लागी शारीरिक व्यायमका साथै खानेकुरामा पनी ध्यान दिनुपर्छ । शरीरले कति क्यालोरी वा शक्ति मागेको छ त्यहि अनुसार हिसाब गरेरे खानेकुरा सेवन गर्नुपर्छ ।मुटु सम्बन्धि समस्या भएका व्यक्तिको शरीरमा असल किसीमको चिल्लोपदार्थ (एचडिएल),
खराब किसीमको चिल्लोपदार्थ (एलडिएल) र ट्राईग्लिसिराइडलाई बिशेष हेर्नुपर्ने हुन्छ । यसका साथै भोजनमा कस्तो किसिमको चिल्लो पर्दाथ सेवन गर्ने भन्ने कुरामा बिशेष ध्यान दिनुपर्छ ।मुटु रोगीको लागी वनस्पति स्रोतबाट तोरिको तेल, मकैको तेल, तिलको तेल सुर्यमुखि फुलको तेल खानामा ठिक मात्रामा समावेश गनुपर्ने हुन्छ ।व्यक्तिलाई आवश्यक क्यालोरी अनुसार खाद्य पदार्थ सेवन गर्नुपर्छ ।
क्यालोरी (काब्राहाइडेट, प्रोटिन, फ्याट) बाट पाउन सकिन्छ । मुटुको समस्या भएको व्यक्तिले काब्राहाइडेटबाट कति क्यालोरी प्रोटिनबाट कति फ्याटबाट कति ल्याउने भन्ने हिसाब गरेर खानुपर्ने हुन्छ । कुल क्यालोरीमध्ये ५५ देखी ६५ प्रतिशत कार्बोहाइडेटबाट, २५ प्रतिशत प्रोटिनबाट र ३० प्रतिशतभन्दा कम फ्याटबाट प्राप्त हुने किसीमको भोजन सेवन गनुपर्छ । एन्टिअक्सिडेन्ट भिटामिन, खनिजपदार्थ र फाइबरयुक्त खानेकुरा भोजनमा प्रशस्त समावेश गनुपर्छ ।
मुटुका बिरामीले बनस्पति स्रोतबाट प्राप्त हुने प्रोटिनयुक्त खाद्यपर्दाथको समावेश गनुपर्छ । खाना बाहेक धुम्रपान र मद्यपानलाई पनी बहिष्कार गनुपर्ने हुन्छ । मद्यपान बहिष्कार गर्न नसक्ने अवस्थाको व्यक्तिलाई मुटुको अवस्था हेरेर महिलाको लागि दिनमा एक पेग र पुरुषको लागी दुई पेग मात्र खान मिल्छ ।
मुटु सम्बन्धि समस्या छ भने शारीरिक व्यायम अति आवश्यक हुन्छ । सो व्यक्तिको अवस्था हेरेर व्यायम गनुपर्ने हुन्छ । उसको शारिरको लागी कति व्यायम आवश्यक छ कति अर्फोट गर्न सक्छ त्यहि अनुसार व्यायम गर्न उपयुक्त हुन्छ । एकदम हेबि किसीमको व्यायम पनि गर्न हुदैँन । हार्ट एन्जीन सम्बन्धि समस्या छ भने व्यायम गर्न हुदैँन ।मुटु रोग भएका व्यक्तिले बिशेष खाना, व्यायम, धुम्रपान, मद्यपान सम्बन्धि व्यवहार परिर्वतन गर्न सके सो समस्या केहि हदसम्म निराकरण गर्न सकिन्छ ।
