• Tuesday 6th of October 2026

दोस्रोपटक आमा बन्न चाहन्थिन् रानी मुखर्जी


  • धनकुटा खबर
  • .

एजेन्सी । अभिनेत्री रानी मुखर्जीले सन् २०१४ मा आदित्य चोपडासँग विवाह गरेकी थिइन् । दुवैबीचको सम्बन्ध फिल्म ‘कुछ कुछ होता हे’ को बेलामा नै जोडिएको थियो । अभिनेत्रीले सन् २०१५ मा एउटी छोरीलाई जन्म दिइन् जसको नाम अदिरा चोपडा हो ।

अभिनेत्रीले सन् २०१७ मा खुलासा गरेकी थिइन् कि उनी ३९ वर्षको उमेरमा फेरि आमा बन्न चाहन्छिन् । उनले यो पनि भनेकी थिइन् कि सायद उनले ठूलो परिवार बनाउन सक्दिनन् किनकी उनले वैवाहिक जीवन ढिला शुरु गरिन् ।

रानी मुखर्जी दोस्रो पटक आमा बन्न चाहन्थिन् तर यस्तो सम्भव भएन । आदित्य र रानीको प्रेम कहानी ‘दिलवाले दुल्हनिया ले जाएंगे’ पछि सुरु भएको थियो । जब उनीहरुको सम्बन्धको खबर आयो एकदमै धेरै आलोचना पनि भएको थियो ।

तर रानी मुखर्जीले आफ्नो नीजि जीवनको बारेमा कहिल्यै कुनै प्रकारको प्रतिक्रिया दिइनन् । रानी मुखर्जीले एक अन्तरवार्ताका क्रममा भनेकी थिइन् आदित्यले पहिला उनलाई आफ्नो भावना व्यक्त गरे र रानीका आमाबुवासँग पनि उनको सम्बन्धको बारेमा कुरा गरेका थिए ।

रानी मुखर्जी छोरीलाई हुर्काउने क्रममा करीब चार वर्षजति बलिउडबाट टाढा रहेकी थिइन् । उनले आदित्य चोपडाले प्रोत्साहन दिएपछि पुनः पर्दामा आएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖