• Tuesday 6th of October 2026

चिनियाँ जासुस सम्झेर भारतीय प्रहरीले परेवा समातेपछि…


  • धनकुटा खबर
  • .

भारतले चिनियाँ जासुसको आशङ्कामा परेवालाई छाडेको छ। आठ महिना अघि भारतको मुम्बई पुलिसले एउटा परेवालाई चिनियाँ जासुसको आशङ्कामा पक्राउ गरेको थियो। उक्त परेवालाई उडाइएको हो।

मुम्बईको आरसीएफ प्रहरी चौकीका अनुसार परेल क्षेत्रमा बाई सकरबाई दिनशा पेटिट हस्पिटल फर एनिमलमा रहेको उक्त परेवालाई छोडिदिन अनुमति दिए पछि मङ्गलवार छाडिएको हो।

प्रहरीका अनुसार उक्त परेवा गत वर्षको मे महिनामा आरसीएफ प्रहरीको सहायक क्षेत्र चुम्बुरको पीर पाउ जेट्टीबाट नियन्त्रणमा लिइएको थियो। उक्त परेवाको दुबै खुट्टामा धातुका बाला जस्तै बाँधिएको थियो। एउटा खुट्टामा तामा र अर्कोमा अल्मुनियमले बनेको बाला रहेको उक्त परेवाको दुबै पखेटामा चिनियाँ भाषा जस्तै देखिने भाषामा कुनै सन्देश लेखिएको भेटेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएको उक्त परेवाविरुद्ध मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो। तर, अनुसन्धानमा कुनै प्रमाण फेला नपरे पछि जासुसको आरोप पहटाएर परेवालाई रिहा गरिएको हो।

अनुसन्धानको क्रममा उक्त परेवा ताइवानमा पानीको दौडमा सहभागी भएको र उड्दाउड्दै देश बाहिर आएको फेला परेको प्रहरीले बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖