• Tuesday 6th of October 2026

बलेले किने विद्युतीय गाडी


  • धनकुटा खबर
  • .

काठमाडौं । पछिल्लो समय विद्युतीय गाडीप्रति सेलिब्रेटीको आकर्षण बढ्दो छ । हरिवंश आचार्य, सरोज खनाल, सञ्जोग कोइराला लगायतले लामो समयदेखि ईभी गाडी प्रयोग गर्दै आएका छन् ।

यस्तोमा टेलिभिजन सिरिजका चर्चित कलाकार सागर लम्साल ‘बले’ले पनि नयाँ बिजुली गाडी किनेका छन् । यसअघि हुन्डाईको आई–ट्वान्टी एक्टिभ चलाउँदै आएका बलेले त्योसँग साटेर एमजी ब्राण्डको ईभी गाडी ५३ लाख रुपैयाँमा किनेका हुन् ।

पेट्रोलबाट चल्ने गाडी चलाउँदा ३० हजार रुपैयाँभन्दा बढी खर्च भएको अनुभव सुनाउँदै उनले विद्युतीय गाडीले पैसा बचत हुने आशा लिएको बताए ।

‘पेट्रोल गाडी चलाउँदा महिनामा ३० हजार खर्च हुन्थ्यो । सिरियलको सुटिङमा जान पनि हप्तामा एकपटक काभ्रे जानैपर्‍यो । म्युजिक भिडियो सुटिङमा पनि गाडी लिएर जान्छु,’ उनले भने, ‘ईभी लिंदा पनि त्यही रेन्ज पर्ने भयो । एकातिर पैसा बचत हुने र अर्कोतिर वातावरण जोगिने भएकाले ईभी गाडी किनेको हुँ ।’

उनले धेरै बिजुली गाडी चढ्दा ऊर्जाको पनि खपत हुने बताए । बलेले तीन वर्षदेखि गाडी प्रयोग गर्दै आएका छन् ।

कामको कुरा गर्दा उनी यतिबेला ‘सक्किगो नि’ टिभी सिरिज र म्युजिक भिडियोमा व्यस्त छन् । सिरियलको टिम मिलेर फिचर फिल्म पनि निर्माण गर्दैछन् । फिल्मको सेकेण्ड ड्राफ्ट लेखनको काम भइरहेको उनले जनाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖