• Monday 5th of October 2026

संसद्को आकस्मिक समयमा गगन– कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, देशमा के हुँदैछ ?


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमण समबन्धमा गहिरो छानबिन गर्न सरकारसँग माग गरेका छन् । समाजको असन्तुष्टि देखाएर हिंसात्मक घटनालाई प्रोत्साहन गर्न खोजिएको उनले बताए ।

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा महामन्त्री थापाले समाजको असन्तुष्टिलाई देखाएर हिंसात्मक घटनालाइ प्रोत्साहन गर्ने कुरा स्वीकार्य नहुने बताएका हुन् ।

‘कांग्रेसका एकजना नेतामाथि राजधानीमा सांघातिक आक्रमण भएको छ । यो विषयको गहिरो अनुसन्धान होस्, यो सँग जोडिएका अरु पक्षबारे पनि अनुसन्धान होस्’ थापाले भने, ‘कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ के भएको ?’

महामन्त्री थापाले यादवका यसअघिका अभिव्यक्तिलाई लिएर आक्रमणकारीको बचाउ गर्न लागिएकोमा पनि आपत्ति जनाए । ‘महेन्द्र यादवले जे बोलेको भए पनि हिंसात्मक आक्रमण स्वीकार्य हुँदैन । समाजको असन्तुष्टि देखाएर हिंसात्मक घटनालाई प्रोत्साहन गर्ने काम कसैले नगरौं,’ थापाले भने ।

कांग्रेस सहमहामन्त्री यादवमाथि बुधवार काठमाडौंको भृकुटीमण्डपमा आफूलाई राजावादी बताउने श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए । यो घटनाको नेकपा (एमाले)ले पनि संसद्मा विरोध जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖