एजेन्सी । पुनम पाण्डेको निधनको खबरले चलचित्र क्षेत्रका साथै उनका फ्यानहरु शोकमा परेका छन् । पाठेघरको मुखको क्यान्सरका कारण ३२ वर्षको उमेरमा पुनमको निधन भएको उनका प्रबन्धकले पुष्टि गरेका थिए । तर फिल्म समीक्षक उमैर सन्धुको ट्वीटले सबैलाई चकित पारेको छ ।
उमैरले पूनम जिउँदै छिन् र उनको मृत्युको खबरले रमाइलो गरिरहेको बताउँछन् । उमैरले आफ्नो ट्वीटमा आफूले पूनमका कजिनसँग कुरा गरेको र यो पूनमको पब्लिसिटी स्टन्ट भएको दाबी गरेका छन् ।
उमैर सन्धुले आफ्नो ट्वीटमा लेखेका छन्- ‘भर्खरै पूनम पाण्डेको कजिनसँग कुरा भयो । उनी जीवित छिन् र उनले मृत्युको खबरको आनन्द लिइरहेकी छिन् । पूनमले पब्लिसिटी स्टन्ट गरेकी छिन् ।’
उमैर सन्धुको ट्विटमा धेरैले प्रतिक्रिया दिएका छन् । धेरै अन्योलमा परेका छन् । मान्छेहरु कमेन्ट गर्दै सोध्छन् के यो सत्य हो ? एक प्रयोगकर्ताले लेखे, ‘यो एकदमै खराब स्टन्ट हो ।’
तपाईलाई बताइदिउ फेब्रुअरी २ को बिहान पूनम पाण्डेको मृत्युको खबर उनको आधिकारिक इन्स्टाग्राम खाताबाट एक पोस्ट मार्फत खुलासा गरिएको थियो ।
