पाठेघरको मुखको क्यान्सरबाट निधन भएको भनिएकी भारतीय अभिनेत्री तथा मोडेल पूनम पाण्डे जिवितै रहेकी छिन् ।
उनले आफूले आफ्नो मृत्युको झुटो खबर सम्प्रेषण गरेको स्पष्ट पारेकी हुन् ।
उनले पाठेघरको क्यान्सरको बारेमा सचेतना फैलाउनको लागि आफूले मृत्युको खबर सम्प्रेषण गर्न लगाएको बताएकी हुन् । उनले आफ्नो इन्स्टाग्राममा मृत्युको झुटो खबर सम्प्रेषण गर्नुको कारण पनि खुलाएकी छिन् ।
