• Friday 9th of October 2026

केनको गोल वर्षा जारी, अर्को कीर्तिमान नजिक


  • धनकुटा खबर
  • .

म्युनिख । ह्यारी केनले आफ्नो गोल वर्षा जारी राख्दा बायर्न म्युनिखले बोरुसिया मोचेनग्ल्याडब्याचमाथि सहज जीत हासिल गरेको छ । शनिबार राति भएको खेलमा साबिक विजेता बायर्न ३–१ गोलले विजयी बन्यो ।

खेलमा अग्रता भने बोरुसियाले लिएको थियो । निको एल्भेडीले खेलको ३५ औँ मिनेटमा टोलीलाई अप्रत्याशित अग्रता दिलाएका थिए । यद्यपि, पहिलो हाफको अन्त्यमा अलेक्सान्डर पाभ्लोविचले गोल गर्दै खेल बराबरी गरे ।

७० औँ मिनेटमा केनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । बुन्डेस लिगामा यो सिजन उनको २४ औँ गोल थियो । योसँगै उनले लिगको २० खेलपछि सबैभन्दा धेरै गोल गर्ने रेकर्ड बराबरी गरेका छन् । उनी अब डेब्यू सिजनमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानभन्दा मात्र ६ गोल टाढा छन् । यसअघि सन् १९६३–६४ सिजनमा उवे सिलरले ह्यामबर्गका लागि ३० गोल गरेका थिए ।

८६ औँ मिनेटमा म्याथिस डी लिटले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । जीतका बाबजुद बायर्न ५० अङ्कसहित लिगको दोस्रो स्थानमा सीमित छ । ज्याभी ओलोन्सोको टोली बायर लेभरक्युजनले डार्मस्टाटलाई २–० ले हराउँदै शीर्ष स्थानमा कायम छ । टोलीको ५२ अङ्क रहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖