• Tuesday 6th of October 2026

ऋतिक र दीपिकाको चुम्बन दृश्यलाई लिएर विवाद


  • धनकुटा खबर
  • .

चलचित्र ‘फाइटर’ ठूलो विवादमा परेको छ। ऋतिक रोशन र दीपिका पादुकोण अभिनीत यो फिल्ममा वायुसेनाका लडाकु पाइलटको कथा देखाइएको छ।

फिल्मको एक दृश्यमा ऋतिक र दीपिकाले वायुसेनाको वर्दी लगाएर एक अर्कालाई चुम्बन गरिरहेको देखाइएको छ। उक्त दृश्यलाई लिएर इण्डियन एयर फोर्स असामका कमाण्डर सौम्यदीप दासले आपत्ति जनाएका छन्।

उनले उक्त दृश्यलाई फिल्मबाट हटाउन माग गर्दै निर्देशकलाई नोटिस पठाएका छन्। कमाण्डर दासले ऋतिक रोशन र दीपिका पादुकोणको चुम्बन दृश्य इण्डियन एयर फोर्सको वर्दीको अपमान भएको बताएका छन्।

इण्डियन एयर फोर्सको वर्दी कपडाको टुक्रा मात्र नभई देशको रक्षाका लागि बलिदान, अनुशासन र अटल समर्पणको प्रतीक भएको उनको भनाइ छ।

उनले पठाएको नोटिसमा भनिएको छ फिल्ममा रोमान्टिक दृश्य देखाउन यो पवित्र प्रतीक प्रयोग गर्नु गलत हो। यसले देशको सेवामा अनगिन्ती सैनिकहरूले गरेको बलिदानको अवमूल्यन गरेको उनले बताएका छन्।

ऋतिक रोशन र दीपिका पादुकोण स्टार फिल्म ‘फाइटर’ लाई निर्देशक सिद्धार्थ आनन्दले बनाएका हुन्। यो फिल्मले विश्वभर ३५० करोड कमाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖