• Tuesday 6th of October 2026

एलिनाका पूर्वप्रेमी विष्णुसँग मिस पवि, अफेयरको चर्चा !


  • धनकुटा खबर
  • .

काठमाडाैं : धोकेबाज गायिका अर्थात् एलिना चौहानको ब्रेकअपको खबर अहिले चर्चामा छ।

एलिनाका प्रेमी भनिएका विष्णु सापकोटाले धोका दिएको बताइएको छ।

व्रेकअप भएको खबर लगत्तै एलिनाले ‘कट्टा हान्दिन्छु’ बोलको गीत बजारमा ल्याइन्। त्यसपछि उनको व्रेकअपको विषयले झनै चर्चा पायो।

तर, एलिनालाई धोका दिइएका भनिएका विष्णु टिकटबाट उदाएकी टिकटकर मिस पविसँग देखिएका छन्।

एलिनाका प्रेमी भनिएका बिष्णु अष्ट्रेलियामा छन्। मिस पवि पनि केही दिन यता विदेश भ्रमणमा छन्।

सोही क्रममा विष्णु र मिस पवि नजिकिएको बताइएको छ। सार्वजनिक भएको भिडिओमा मिस पवि र विष्णु प्रफुल्लित मुद्रामा देखिएका छन्।

कतिपयले विष्णुले एलिनालाइ धोका दिएर मिस पविसँग अफेयरमा रहेको समेत बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖