• Monday 5th of October 2026

स्मरण शक्ति घटाउने यी ७ व्यवहार


  • धनकुटा खबर
  • .

काठमाडौँ। मान्छे तनावमुक्त हुन सक्दैन। तर, तनाव उत्पन्न गराउने केही कुराबाट सचेत हुन सक्यो भने स्मरणशक्ति घट्नबाट जोगिन सकिन्छ। स्मरण शक्ति घटाउने केही तत्वहरु यसप्रकार छन्।

राम्रासँग नसुत्नु
करिव ६ देखि ७ घण्टा नियमित निदाउँदा शरीरलाई पूर्ण आराम मिल्छ। शरीरको रिपेयर र मेन्टिनेन्सका लागि निदाउनु जरुरी हुन्छ। निद्रा पुगेन भने पनि शरीरमा केही रसायनहरु सिर्जना हुन्छन्। जसले बढी भोक जगाउने, गुलियो बढी खान मन लाग्ने र मोटाउन सम्भावना त हुन्छ नै स्मरणशक्तिमा समेत असर गर्छ।

धूम्रपानको सेवन
सुर्तीमा निकोटिन लगायत अन्य धेरै तत्वहरु हुन्छन्। यसको प्रयोगले रक्त संचारमा बाधा पु¥याउछ र शरीर तथा दिमागमा चाहिने मात्रामा रक्तसंचार हुन पाउँदैन। जसले स्मरणशक्तिलाई समेत प्रभावित पार्छ।

कफीको अधिकतम प्रयोग
धेरै कफीले पनि दिमागकको रक्त प्रवाह कम गर्छ जसले शरीर र दिमागलाई सुख्खा बनाउँछ। यसकारण राम्रो निद्रा लाग्दैन। राम्रो निद्रा नपर्दा पनि स्मरण शक्तिमा ह्रास आउँछ।

बढी टेलिभिजन हेर्दा
दिनको २/३ घण्टा भन्दा बढी टेलिभिजन हेर्नु पनि दिमागका लागि हानिकारक मान्छि। किनभने टेलिभिजन अत्याधिक हेर्दा सम्पूर्ण स्वास्थ्यलाई पार्ने नकरात्मक असर दिमागसम्म पुग्छन्।

बढी भिडियो गेम खेल्नाले
आजकल केटाकेटीहरुमा भिडियो गेम खेल्ने चलन निकै बढेको छ। भिडियो गेम खेल्दा त्यसैको लत लाग्छ। जसले दिमागको चौतर्फी विकासमा अवरोध पु¥याउँछ। नकरात्मक दिमाग बनाएर अपराधिक क्रियााकलापमा लाग्न सक्ने समेत अध्ययनहरुले देखाएका छन्।

पानी कम पिउनाले
हाम्रो शरीरमा करिव ७० प्रतिशत पानीको मात्रा छ। मस्तिष्कमा त पानीको प्रतिशत करिब ८० प्रतिशत छ। दिनमा करिब तीन लिटर पानी शरीरको लागि आवश्यक पर्छ। शरीरमा पानीको मात्रा कम हुँदा दिमागको काममा समेत बाधा पुग्छ।

व्यायमको कमी
व्यायामले शरीर तथा मस्तिष्कमा रक्त संचार राम्रो गराउँछ। व्यायम नगर्नेमा मानसिक तनावको मात्रा बढी हुन्छ। जसले गर्दा स्मरण शक्तिलाई कमजोर पार्छ। नकारात्मक सोचाइः नकारात्मक सोचाई राख्नाले तनावका हर्मोन पैदा हुन्छन्। जसले दिमागलाई सिधा असर गर्छन् र स्मरण शक्ति कमजोर हुन्छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖