• Tuesday 6th of October 2026

महोत्सवमा जुत्ता खाएका दुर्गेश थापा यसो भन्छन्…


  • धनकुटा खबर
  • .

गायक दुर्गेश थापामाथि स्टेजमै जुत्ता प्रहार भएको छ । स्याङ्जामा आयोजित वालिङ महोत्सवको अन्तिम दिन शनिबार राति स्टेज प्रस्तुति दिँदै गर्दा एक युवकले थापामाथि जुत्ता प्रहार गरेका हुन् ।

महोत्सवमा प्रस्तुति दिइरहेको बेला २७ वर्षीय एक युवकले गायक थापालाई जुत्ता प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी राजीव बस्नेतले बताए ।

‘महोत्सवको अन्तिम दिन २०–२५ हजार मानिसको भिड थियो । एक जना मानिसले जुत्ता हान्यो भने । दुर्गेश आउँदै थिए’ एसपी बस्नेतले भने ,‘जुत्ता हान्ने व्यक्तिलाई प्रहरीले ल्याएर राखेका थियो । आज दुर्गेश र आयोजक आएर भेटे । जुत्ता हान्ने व्यक्तिले मैले इन्टेनसनले हानेको होइन, एक्साइटेट भएर हानेको भने ।’ दुर्गेशले कलाकारलाई यस्तो हुन्छ भनेर सामान्य रुपमा लिएको एसपी बस्नेतको भनाई छ ।

यता दुर्गेश थापाले भने आफूमाथि जुत्ता प्रहार नभएको बताए । ‘एउटा भाइ मदिरामा झ्याप भएर नाचिरहेका रहेछन् । उनको अगाडि कसैको एउटा जुत्ता भएछ’, दुर्गेशले भने ‘कसको जुत्ता भनेर फाल्दा स्टेज छेउमा आएको थियो ।’ कसैले जुत्ता प्रहार गरेको भए आफूले कानुनी उपचार नगरी त्यसै नछोड्ने समेत दुर्गेशले सुनाए ।

कार्यक्रमको बाहिर आएको भिडियोमा पनि दुर्गेशमाथि सिधै जुत्ता प्रहर भएको देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖