• Tuesday 6th of October 2026

सधैँका लागि बन्द भयो गोपीकृष्ण हल


  • धनकुटा खबर
  • .

काठमाडौँ : राजधानीको चाबहिलस्थित गोपीकृष्ण हल मंगलबारदेखि बन्द भएको छ । सञ्चालक गोपीकृष्ण मुभिज् प्रा.लिले आर्थिक संकटको कारण देखाउँदै केही दिनअघि नै हल बन्द गर्ने घोषणा गरेको थियो । विसं २०५२ सालदेखि सञ्चालनमा आएको हल औपचारिक रूपमा मंगलबारदेखि बन्द गरिएको निर्देशक निरक पौडेलले जानकारी दिए ।

कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण कम्पनीले घाटा व्यहोर्नु परेको उनको भनाइ छ । ठुलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न नसकिने पौडेलको भनाइ छ ।

२ वटा पर्दाबाट सुरु गरेर ७ वटा पर्दासम्म पुगेको गोपीकृष्ण मुभिजले ४ वटा पर्दा भएको भवन २ वर्ष अगाडि नै भत्काएर मल बनाउने तयारी गरेको थियो । तर, अहिलेसम्म मलको काम पनि सुरु भएको छैन । पछिल्लो ‘रेड’, ‘ब्लू’ र ‘ग्रिन’ नाममा तीन पर्दा सञ्चालन गरेपनि दर्शकको सहभागिता भने न्युन रहँदै आएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖