• Tuesday 6th of October 2026

अस्पतालबाट डिस्चार्ज भए अभिनेता मिथुन चक्रवती


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता मिथुन चक्रवती अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्यमा सुधार आएपछि उनी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन्। अस्पतालबाट निस्किदै गर्दा उनले भने, ‘अहिले म एकदम ठिक छु। मैले खानपानमा ध्यान गर्नुपर्छ। अब म छिट्टै काममा फर्किन्छु।’

उनलाई अचानक छाती दुख्न थालेपछि शनिबार अस्पताल भर्ना गरिएको थियो। उनलाई आइसियुमा राखिएको थियो।

उनलाई इस्केमिक सेरेब्रोभास्कुलर दुर्घटना (स्ट्रोक) भएको थियो। ७३ वर्षीय उनलाई न्युरो फिजिसियन, कार्डियोलोजिस्ट र ग्यास्ट्रोएन्टेरोलजिस्ट सहितको चिकित्सक समूहले उपचार गरेका थिए।

उनलाई देखिएको इस्केमिक रोग रगत जमेको कारण हुन्छ। यसले गर्दा मस्तिष्कमा हुने रगतको प्रवाहको नलीलाई रोकिदिन्छ।

मिथुनले थुप्रै बलिउड फिल्ममा काम गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖