• Tuesday 6th of October 2026

आदित्य नारायणले फालिदिए फ्यानको मोबाइल


  • धनकुटा खबर
  • .

बलिउड कलाकार तथा गायक आदित्य नारायण चर्चामा आएका छन्।

‘इन्डियन आइडल’ को उद्घोषक समेत रहेका आदित्य केही दिनअघि एक कलेजको कन्सर्टमा पुगेका थिए। कन्सर्टमा उनले गीत गाइरहेका थिए। त्यतिबेलै उनी एक फ्यानको नजिक पुग्छन्। फ्यानको हातमा माइकले हान्छन्।

माइकले हानेपछि आदित्यले फ्यानको मोबाइल खोसेर फालिदिन्छन्। गीत गाउँदै स्टेजमा घुमिरहेका उनले मोबाइल फालिदिएपछि पनि गीत नै गाइरहेका हुन्छन्। यो सबै दृश्य भिडिओमा देख्न सकिन्छ।

भिडिओ बाहिरिएपछि आदित्यले आफ्नो इन्स्टाग्राम प्राइभेट गरेका छन्।

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको आलोचना गरिरहेका छन्।
आदित्य गायक उदित नारायणको छोरा हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖