• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै, अनिलले मौका पाउँदा आरिफ बेन्चमा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग टस हारेर ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले पहिलो खेलमा राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलकुमार शाहलाई मौका दिएको छ । क्यानडासँगको सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका शाह प्लेइङ-११ मा परेका छन् । आजको खेलमा आरिस शेख र देब खनाल भने बेन्चमा रहनेछन् ।

२०२७ सम्म चल्ने लिग-२ मा नेपालसहित ८ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल र नामिबिया दुवै विजयी सुरुवात गर्न चाहन्छन् । पछिल्लो एक वर्षमा नेपालले घरेलु मैदान टीयुमा ओडीआई खेल हारेको छैन । नेपाल घरेलु मैदान, दर्शक, कन्डिसन र आफ्नो उच्च लयलाई निरन्तरता दिँदै विजयी सुरुवात गर्ने सोचमा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖