• Tuesday 6th of October 2026

कलाकारलाई इन्द्रेणीबाट निकालिएको बारे यस्तो छ कृष्ण कंडेलको स्पस्टीकरण


  • धनकुटा खबर
  • .

आज यस सस्थाका सबै कर्मचारी तथा कलाकारलाइ समान व्यवहारको काम गर्दा गर्दै पनि केहि कलाकार तथा कर्मचारीहरुले यस संस्था छाडी आज म तथा मैले संचालन गर्दै आएको इन्द्रेणी कार्यक्रमलाइ बदनाम गराउन र सिंगो संस्थालाई नै धरासायी बनाउन काल्पनिक र बनावटी कुरा राखी अन्तरबार्ता तथा लाइभमा बसेको र पत्रकार सम्मेलन गरेको बिषयले म सार्है दुखित छु।

मैले कसैको पनि श्रम तथा सम्मानमा चोट तथा सोषण गर्ने कार्य गरेक छैन। झुटा कुरा बोलेको बिषयमा कानुनले समेत हेर्छ भन्ने विश्वास राखी म तथा इन्द्रेणी माथि गरेका अफवाह, कपोकल्पित तथा भ्रमित समाचारहरुको विश्वास नगरिदिनुहुन इन्द्रेणीका सम्पूर्ण दर्शक श्रोताहरुलाई हार्दिक अपिल गर्दछु।

साथै, इन्द्रेणी के हो ? कसरी चलेको छ भन्ने बिषय हाल पनि यस सस्थामा ३० भन्दा बढी कलाकार तथा कर्मचारी आबद्ध रहेको हुदा निजहरुसँग पनि प्रत्यक्ष बुझ्दा स्पस्ट हुने हुदा झुटा भ्रमपूर्ण अभिव्यक्तिलाइ संचारमाध्यमहरुले एकतर्फी सम्प्रेक्षण नगरिदिनुहुन अनुरोध गर्दछु। अन्यथा म विरुद्ध लागेको झुटो आरोपहरु प्रकाशित गर्ने संचारमाध्यम तथा झुटा अफबाह फैलाउने व्यक्ति जो कोहि विरुद्ध कानुनी उपचारमा जान बाध्य हुने छु।

कृष्ण प्रसाद कंडेल
अध्यक्ष
इन्द्रेणी सांस्कृतिक बिकास केन्द्र

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖