राती सुत्दा हामी सबैले कहिलेकाँही सपना देखिरहेका हुन्छौं । यदाकदा सपनामा नै सम्भोग गरेको पनि देखिन्छ । त्यसरी सपनामा कुनै परिचित वा अपरिचित व्यक्तिसँग सम्भोग गरेको देखिनुलाई स्वास्थ्यको दृष्टिकोणबाट के भनिएला ?
क्यानाडाको मोन्ट्रियल विश्वविद्यालयले ’सपनामा सम्भोग’ बारे एउटा सर्वेक्षण गरेको छ । उक्त विश्वविद्यालयको सर्वेक्षण प्रतिवेदनलाई आधार मान्ने हो भने हरेक रात विश्वका ८ प्रतिशत मानिसले सपनामा सम्भोग गरेको देख्छन् । सपनामा तपाईं जोसँग सम्भोग गर्नुहुन्छ, ऊ चिनेको पात्र हुनसक्छ वा कहिल्यै नचिनेको/ नदेखेको पनि हुन सक्छ ।
मनोवैज्ञानिक डा. गिलियन होलोवेले सपनामा सम्भोग गरेको देखे दुई वटा अर्थ लाग्ने बताएका छन् । सपनामा सम्भोग गर्दा तपाईं आफैं बढी सक्रिय भइरहनु भएको छ भन्ने अर्थ लाग्छ । वास्तविक जीवनमा कसैले तपाईंसँग शारीरिक सम्बन्ध राख्न खोजिरहेको छ, जसबारे थाहा पाइरहनुभएको छैन भन्ने अर्थ लगाइएको छ । यदि सपनामा सम्भोग गर्दा तपाईंको बेड पार्टनर बढी सक्रिय देखिन्छ भने वास्तविक जीवनमा पनि ऊ वा उनीसँग अझ बढी सम्बन्ध राख्न चाहेको सम्भावना हुने बताइन्छ ।
कहिलेकाँही यस्तो सपनाले तपाईंको बेड पार्टनरले तपाईंसँग नभएर अरु कसैसँग शारीरिक सम्बन्ध राख्न चाहेको अर्थ पनि लाग्न सक्ने अनुसन्धानकर्ताको बुझाई छ ।
मनोवैज्ञानिक इयान वालेसले सपनामा सम्भोग गरेको देखे आफ्नो दैनिकीलाई सुधार्नुपर्ने सुझाव दिएका छन् । दिमाग शारीरिक सम्बन्धबारे धेरै सोच्दा यस्तो सपनाहरु देखिने उनको तर्क छ । भनेका छन्, ’यो स्वाभाविक हो । म पनि कहिलेकाहीं सपनमा सम्भोग गरेको देख्छु । तर मलाई थाहा छ कि यस्तो देखेको समयमा सेक्सबारे ज्यादा सोचिरहेको हुन्छुु । त्यसैले त्यस्तो समयमा सकेसम्म आफूलाई व्यस्त राख्ने प्रयास गर्छु । यसो गर्दा दिमागमा त्यस्तो कुरा खेल्न नपाओस् ।’
राती सुत्दा बितेको समयभन्दा भोलिको सम्भावनाबारे सोचेर सुत्नुपर्ने उनको सुझाव छ । विगतका कुरा सोचेर सुत्दा पनि सपनामा सम्भोग गरेको देखिन सक्ने उनले बताए । भन्छन्, ’म यसबारे विश्वविद्यालयमा मेरा विद्यार्थीहरुसँग पनि कुरा गर्छु । उनीहरुलाई राती सुत्दा भोलि के गर्ने हो, कहाँ जाने हो, सम्भावित दृश्यहरु के के होलान् भनेर सोच्दै सुत्न सुझाव दिन्छु । आज के भयो, हिजो के भयो वा पहिलेका दिनमा के भए भनेर सोच्ने हो भने हाम्रो मस्तिष्कले हामीभित्रै नकारात्मक ऊर्जा पैदा गर्ने सम्भावना रहन्छ ।’
