• Tuesday 6th of October 2026

घोराही हत्या प्रकरण : श्रीमानसंग पहिले नै बिग्रिएकाे थियाे सम्बन्ध , ‘डिभोर्स’ गर्ने तयारीमा थिइन् प्रहरी जवान धनमाया


  • धनकुटा खबर
  • .

दाङ । दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेकाे विषयमा प्रहरीले अनुसन्धान अघी बढाएकाे छ । घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले बिहीबार राती गोली हानी हत्या गरेका थिए । प्रहरी जवान धनमाया वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत थिइन्।

बाँकेको नेपालगञ्जमा सहायक हवल्दारका रूपमा कार्यरत धनमायाका श्रीमान यमबहादुर झाक्रीले बिहीबार साढे ८ बजे गोली हानेर धनमायाको हत्या गगरेका थिए । मोटरसाइकलमा आएका यमबहादुरले पेस्तोलबाट तीन राउन्ड गोली प्रहार गरी फरार भएका थिए। गोली प्रहारपछि भाग्दै गरेको अवस्थामा लमहीको अर्जुनखोलाबाट उनी पक्राउ परेको एक प्रहरी अधिकारीले बताए।

घाइते धनमायालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार धनमाया र यमबहादुरको सम्बन्धमा खटपट थियो। उनीहरूबीच छुटापत्रबारे मुद्दा जिल्ला अदालत दाङमा विचाराधीन छ। उनीहरूकी एक नाबालिग छोरी छन्। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖