• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

ट्रम्पले धोनीलाई बोलाएर खेले गल्फ


  • धनकुटा खबर
  • .

भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग गल्फ खेल्दै गरेको तस्बिर सार्वजनिक भएको छ।

युएस ओपन च्याम्पियनसिप अन्तर्गत कार्लोस अल्कारेज र अलेक्जेन्डर ज्वेरेभबीचको टेनिस खेल हेर्न धोनी अमेरिका पुगेका थिए।
खेलमा अल्कारेज ६-३, ६-२, ६-४ ले विजयी भएका थिए। खेल अवधिभर धोनी कोर्टमै थिए।

द इन्डियन एक्सप्रेसका अनुसार त्यसपछि धोनीलाई ट्रम्पले उनको गल्फकोर्ट ‘ट्रम्प नेसनल गल्फ कोर्ट, बेडमिनिस्टर’ मा गल्फ खेल्न बोलाएका थिए। कोर्टमा धोनीको स्वागत गरेका ट्रम्प आफैंले धोनीसँग गल्फ खेल्ने कार्यक्रम राखेका थिए।

बिहीबार धोनीले ट्रम्पसँग गल्फ खेलेको तस्बिर हितेश संघभीले आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेका हुन्।

संघभी दुबईका व्यापारी हुन्। उनले र धोनीले सँगै बसेर युएस ओपन हेरेका थिए।

संघभीले गल्फको आयोजना गरेकोमा ट्रम्पलाई इन्स्टाग्राममार्फत धन्यवाद दिएका छन्।

उनले बेडमिन्स्टरमा ट्रम्प र धोनी गल्फ खेलेको दृश्यसमेत आफ्नो इन्स्टाग्राम स्टोरीमा राखेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖