• Tuesday 6th of October 2026

‘दंगल’ मा आमिर खानकी छोरी बनेकी सुहानीको १९ वर्षकै उमेरमा निधन


  • धनकुटा खबर
  • .

बलिउडको सफल फिल्म दंगलकी अभिनेत्री सुहानी भटनागरको निधन भएको छ। उनले सो फिल्ममा बबिता फोगटको भूमिका निर्वाह गरेकी थिइन्।

आमिर खान प्रोडक्सन कम्पनीले उनको निधनको पुष्टि गरेको हो।

उनको मृत्युको कारण खुलिसकेको छैन। तर, सुहानी आफ्नो भाँचिएको खुट्टाको उपचार गरिरहेकी थिइन्।

उनी एम्स दिल्लीमा उपचाररत थिइन्।

‘सुहानीको निधनको खबरले दुःखी छौँ। उनकी आमा पूजाजी र पूरै परिवारप्रति हाम्रो हार्दिक समवेदना,’ आमिर खान प्रोडक्सनले एक्समा भनेको छ, ‘सुहानीबिना दंगल अपूरो हुने थियो।’

२०१६ को यो फिल्मपछि उनले केही विज्ञापनमा काम गरेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖