• Tuesday 6th of October 2026

रहिनन् ‘दंगल’ की ‘बबीता फोगाट’


  • धनकुटा खबर
  • .

बलिउड फिल्म ‘दंगल’ मा जुनियर बबीता फोगाटको भूमिका निर्वाह गरेकी सुहानी भटनागरको मृत्यु भएको छ। उनको १९ वर्ष उमेरमा मृत्यु भएको हो।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनी ‘डर्मेटोमायोसाइटिस’ रोगबाट पीडित थिइन्। यो रोगमा मांसपेसीहरू कमजोर हुने र छालामा दाग देखिन्छ। गम्भीर अवस्थामा सास फेर्न समेत गाह्रो हुन्छ।

सुहानी भटनागरको मृत्युपछि ‘दंगल’ टिमले दुःख व्यक्त गरेका छन्। फिल्ममा गीता फोगाटको भूमिका निर्वाह गरेकी जायरा वसीमले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै दुःख व्यक्त गरेकी छन्।

‘सुहानी भटनागरको मृत्युले आश्चर्य भएकी छु। यस मुश्किल समयमा म उनको परिवारलाई संवेदना दिन चाहन्छु। उनका आमाबुबालाई कस्तो लागिरहेको होला भन्ने सोच्दै मेरो दिल दुःखले भरिन्छ। म निःशब्द छु,’ उनले लेखेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖