• Wednesday 7th of October 2026

ट्रम्पले ल्याए आफ्नै ब्रान्डको जुत्ता


  • धनकुटा खबर
  • .

वाशिङटन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीको प्रबल उम्मेदवार डोनल्ड ट्रम्पले जुत्ता लन्च गरेका छन् ।

अमेरिकाको एक अदालतले ३५ करोड डलर जरिवाना लगाएपछि ट्रम्पले आफ्नै नामको ब्राण्डबाट जुत्ता लन्च गरेका हुन् । जुत्ता फिलाडेल्फियाको स्नीकर कोनमा लन्च गरिएको थियो । यहाँ स्नीकर फ्यानहरूको जमघट भइरहन्छ ।

ट्रम्पले यी जुत्ताहरू लन्च गरिहँदा केहीले उनलाई गिज्याउने प्रयास गरिरहेका थिए भने कतिपयले उनलाई प्रोत्साहित गरिरहेका थिए । सुनौलो रंगका यी जुत्ता अनलाइन पसलमा ३९९ डलरमा बिक्री भइरहेका छन् । केही दिनअघि न्युयोर्कको एक अदालतले ट्रम्पलाई आफ्नो सम्पत्ति बढाई चढाई गरेर देखाएको आरोपमा ३५ करोड डलरभन्दा बढी जरिवाना लगाएको थियो ।

अहिलेसम्म ट्रम्पले आफूलाई सफल व्यवसायीको रूपमा प्रस्तुत गरेका थिए । यो जरिवाना उनका लागि ठूलो झट्का थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖