• Tuesday 6th of October 2026

अभिनेत्री कार्टरद्धारा आत्महत्या


  • धनकुटा खबर
  • .

एजेन्सी । चर्चित अमेरिकी वयस्क फिल्मकी अभिनेत्री काग्नी कार्टरले ३६ वर्षको उमेरमा आत्महत्या गरेकी छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनी गत आइतबार ओहियोको पर्मास्थित निजी निवासमा मृत फेला परकी हुन्।

उनले सन् २००० मा एडल्ट फिल्म उद्योगमा पाइला राखेकी थिइन्। समाचारअनुसार वर्षाैंदेखि मानसिक स्वास्थ्यसँग जुध्दै आएकी उनी पोल डान्सर, कलाकार तथा गायिकासमेत थिइन्। पछिल्लो समय उनी पोल डान्सिङमा बढी सक्रिय थिइन्।

सन् २०१९ मा लस एन्जलस छोडेर ओहियोमा गएर पोल डान्सिङमा सक्रियता बढाएकी उनले पछिल्लो समय आफ्नै स्टुडियो खोल्ने मनसाय बनाएकी थिइन्। तर, उनले अचानक आत्महत्या गरेकी हुन्। काग्नी जनवारलाई अत्यधिक प्रेम गर्थिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖