• Wednesday 7th of October 2026

युट्युबकी पूर्व सीईओकी छोराको रहस्यमय मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । युट्युबकी पूर्व सीईओ सुसान डियान वोचिटस्कीका छोराको अमेरिकाको क्यालिफोर्नियामा निधन भएको छ । विश्वविद्यालयको होस्टेलमा १९ वर्षीय मार्को ट्रपरको शव फेला परेको थियो । मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।

मार्को ट्रपर होस्टेलको कोठामा अचेत अवस्थामा फेला परेका थिए । विद्यार्थीहरूले विश्वविद्यालय प्राधिकरणलाई जानकारी गराएका थिए। त्यसपछि मेडिकल टोली कोठामा पुग्यो ।

उनलाई बचाउने प्रयास गरिएको थियो तर केही समयपछि टोलीले मृत घोषणा गरेको थियो । यसपछि प्रहरीलाई खबर गरिएको थियो । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ट्रपरकी हजुरआमा एस्थर वोचित्स्कीलाई लागूपदार्थको ओभरडोजका कारण मार्कोको ज्यान गएको विश्वास छ। उनले भनिन्- मार्कोले केही औषधि खाएको थियो। हामीलाई थाहा छैन यो कुन औषधि थियो। उसैले मेरो नातिको ज्यान लियो।

अमेरिकी मिडियाका अनुसार मार्कोको पोस्टमार्टम भइसकेको छ । उनको टक्सिकोलजी रिपोर्ट आउन ३० दिन लाग्ने छ । मार्कोको शरीरमा ड्रग्स थियो वा थिएन भन्ने कुरा स्पष्ट हुनेछ।

सुसान डियान वोचित्स्कीले फेब्रुअरी २०२३ मा युट्युबको सीईओ पदबाट राजीनामा दिएकी थिइन्। ५४ वर्षीया वोजिकीले आफू आफ्नो परिवारसँग बढी समय बिताउन चाहने बताइन् । उनी आफ्नो स्वास्थ्य र व्यक्तिगत जीवनमा पनि ध्यान दिन चाहन्छिन् । त्यही भएर उनले राजीनामा दिएकी हुन् । उनी सन् २०१४ मा युट्युबको सीईओ बनेकी थिइन् ।

सुसानले राजीनामा दिएपछि भारतीय मूलका नील मोहन युट्युबको नयाँ सीईओ बनेका छन् । यसअघि नील मोहन युट्युबका सीपीओ थिए । उनलाई बढुवा गरी यो जिम्मेवारी दिइएको हो । नील मोहन सन् २००८ देखि गुगलमा काम गर्दै आएका छन् । सन् २०१३ मा कम्पनीले उनलाई ५४४ करोड रुपैयाँ बोनस दिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖