• Tuesday 6th of October 2026

नागरिकताका लागि कोहलीले छोरालाइ बेलायतमा जन्माएकाे आरोप


  • धनकुटा खबर
  • .

नयाँदिल्ली / अनुष्का शर्मा र विराट कोहली हालै दोस्रो पटक अभिभावक बनेका छन् । खुशीले यो जोडीको ढोका ढकढक्याएको छ । यता, उनका छोरालाई लिएर सामाजिक सञ्जालमा अनेक किसिमका अड्कलबाजी सुरु भएको छ ।

अकायको नागरिकताको बारेमा अहिले चर्चा र परिचर्चा भइरहेको छ । केही प्रयोगकर्ताले अनुष्काले बेलायतको नागरिकता पाउनका लागि लण्डनमा छोरालाई जन्म दिएको बताएका छन्

यद्यपि, यो हुन सक्दैन किनभने बेलायतको नागरिकताका लागि आमाबाबुमध्ये एकसँग बेलायतको नागरिकता हुनु आवश्यक छ। वा तिनीहरू लामो समय देखि त्यहाँ बसिरहेका हुन सक्छन्। तर विराट र अनुष्का दुवै भारतीय नागरिक हुन् र यहीँ बस्छन्।

यस्तो अवस्थामा उनका छोरा अकायले भारतको नागरिकता पाउने भएका छन् । अकायसँग युके राहदानी हुनु पर्छ। तर, विराट अनुष्कालाई लण्डन किन यति धेरै मन पर्छ भन्ने कुरा क्रिकेटर आफैंले आफ्नो एक अन्तर्वार्तामा खुलासा गरेका थिए । जसमा उनले त्यहाँ पापाराजी संस्कृति नभएकाले बच्चाको गोपनीयतामा कुनै बाधा नआउने भएकाले लन्डन जान लागेको बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖