• Wednesday 7th of October 2026

टेलिभिजन प्रस्तोता र प्रेमीको हत्या, चार दिनदेखि दुवैको शव गायब


  • धनकुटा खबर
  • .

आस्ट्रेलियन टेलिभिजन प्रस्तोता जेसी बेयर्ड र उनका प्रेमी ल्युक डेभिसको हत्या अभियोग एकजना २८ वर्षीय व्यक्तिलाई लागेको छ।

बुधबारदेखि बेपत्ता यी प्रेमी जोडीको रगतले लतपतिएको अवस्थामा उनीहरूका सामान सिड्नीको एक फोहोरको डस्टबिनमा भेटिएको थियो। त्यसपछि पुलिसले घटनाको जाँच थालेको थियो।

पुलिसका अनुसार बेयर्डको घरमा अध्यधिक रगत बगेको देखिएको छ। प्रहरीले हत्या अभियोग लागेका ती पुरुषबारे विस्तृत केही खुलाएको छैन।

बेयर्डका पूर्व प्रेमीलाई पुलिस अधिकारीले सोधपुछ गर्ने क्रममा आत्मसमर्पण गरेका छन्। तर उनीबाट प्रहरीले केही खुलाउन सकेको छैन।

अधिकारीका अनुसार अहिलेसम्म यी जोडीको शव भेटिएको छैन। अर्कातिर हत्याको कारण पनि प्रहरीले खोजिरहेको छ।

पुलिसका अनुसार यो जोडीलाई गत सोमबार उनीहरूलाई सोमबार बेयर्डको भित्री सिड्नीस्थित घरमै हत्या गरिएको हो। त्यसपछि दुवै शवलाई एउटा सेतो भ्यान हालेर अन्त लगेको देखिएको छ।

सीसीटीभी फुटेजमा देखिएको उक्त भ्यान शुक्रबार सिड्नीको दक्षिण भागमा देखिएको छ।

बेयर्ड नेटवर्क १० को बिहानी शो स्टुडियो १० प्रस्तोता र रेड कार्पेट रिपोर्टर थिए। उता डेभिस क्वान्टास एयरलाइन्समा परिचारकका रुपमा काम गर्थे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖