• Tuesday 6th of October 2026

मेरो जिवनको तितो सत्य ! :गायिका मेचु धिमाल


  • धनकुटा खबर
  • .

काठमाडौ । गायिका मेचु धिमालले मेरो जिवनको तितो सत्य भन्दै सामाजिक संजालमा एउटा पोष्ट गरेकी छन् ।

धिमालले लेखेका छन् :

मेरो जिवनको तितो सत्य !
म हु मेचु धिमाल……
कलाकारीता छेत्रमा लागेको १२ बर्स लाग्यो…! जसोतसो आफ्ना सिर्जनाहरु आफ्ना शुभचिन्तकहरुको निम्ति तयार गर्दै आएकि छु….. जसोतसो किन भने होला भन्नु हुन्छ होला ! किनकि सबै जातजातीको हरेक छेत्रमा आ आफ्नो कम्युनिटि अर्थात युनिटि हुने गर्छ… तर हाम्रो अभाव छ… तसर्थ सबै छेत्रमा पिछडिएको जात भनेर ” धिमाल ” जातलाई मानिन्छ…! मैले त्यैपनि ठुलो आट गरेर सङ्घर्स गरि नै रहेकि छु… आज कताकता लाग्ने गरेको छ आफ्नो मान्छे ठाउ ठाउमा नहुदा धेरै दुख अरुले दिने गर्दोरहेछ…! यो छेत्रमा काम माग्दै हिड्यो भने कसैले ईज्यत नगर्ने मान्छेलाई नगन्ने अनि आफ्नो खुबि दमले काम गर्दै जादा ” घमण्डी” को ट्याग लाग्ने रहेछ…!

अब बिसय बस्तुमा जाउ… कोभिड अगाडि र पछाडि धेरै देशहरुबाट राम्रै कार्यक्रमहरुको निम्ति कल आयो… प्रोसेस गरे तर बिचमा धेरै नै राजनिति गरेर मलाई भिजा लागेन भनेर कार्यक्रम बाट हटाईयो…! यसपालि पनि फेब्ररी 25 मा हङकङमा हुदै गरेको कार्यक्रम मा मलाई समाबेश गरियो तर सेम कारण भिजा लागेन भनेर मलाइ HK जान बन्चित गरिएको छ…! तसर्थ Feb 25 को कार्यक्रम मा म HK आउन नपाउने भए …! खैर यो त एक पाटाको मात्र कहानी हो मेरो… यस्तो राजनिति त मेरो जिवनमा कत्ति भए कत्ति भैरहेको छ अनि भोलिको दिनमा कत्ति हुनेवाला छ…!

म मेरा बाधा अड्चन दिनेहरुलाई एउटा कुरा भन्न चाहान्छु… मेचु धिमाल त्यसै मेचु धिमाल भको ब्यक्ति हैन… मेरा पुज्यनिय आमा बाबाको आशिर्वाद ,ईश्वरको साथ ,अनि मेरा अनगिन्ति शुभचिन्तकहरुको मायाले गर्दा मेरो सङ्घर्स अझ महत्वपुर्ण हुन पुगेको हो…! आज अरु अरु जातको मान्छेले गित निकालि राख्छ अनि देशविदेश घुम्छ त्यो ठुलो कुरा हुदैन किनकि वहाहरुको ब्याक साईडमा पुस गर्ने कोहि न कोहि साथमा हुनुहुन्छ… तर मेचु धिमालले दुखले आर्जेर गरेको कामलाई सराह दिईदैन उल्टै खेदो गरिन्छ र लडाउन खोजिन्छ भने धिमालकि यो छोरीमा दम त रैछ नि हैन …😊

अब मेरा आदरणीय शुभचिन्तकहरुमा के भन्न चाहान्छु भने, म न हिजो हारेकि थिए ,न आज हार मान्छु अनि न भोलि नै हार खानेछु… हरेक बल्ड्याङले मान्छेलाई अझ मजबुत बनाउने गर्छ…! मैले सक्ने जानेको हैसियतमा आफ्ना कामहरु यहाहरु माझ पस्कदै जाने नै छु…! जिवन सङ्घर्स हो… यो एक मुट्ठि प्राण रहुन्जेल नितान्त चलिरहनेछ…! बिचलित नहुनु होला… 🙏 आदरणीय सम्पुर्णमा धेरै- धेरै माया अनि सम्झना छ है हजुर……🙏🫶

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖