• Tuesday 6th of October 2026

अभिनेत्री रेखाको छोरीको नाम ‘वैभबी राज्यलक्ष्मी शाही ठकुरी’


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपालकी चर्चित अभिनेत्री रेखा थापा आमा बनेकी छिन् । उनले छोरीलाई जन्म दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् ।

उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखिएको पनि जानकारी दिएकी छन् ।

केही समयअघि मात्र रेखा श्रीमानसहित अमेरिका पुगेकी थिइन् । अमेरिकाको कोलोराडो स्प्रिंग्सस्थित अस्पतालमा थापाले छोरीलाई जन्म दिएकी हुन् ।रेखाले २०७८ सालमा बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्। रेखा फिल्म ‘उपहार’ को प्रदर्शनको पर्खाइमा छिन्।

यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुँदैछ। ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖