• Wednesday 7th of October 2026

अपार्टमेन्टमा आगलागी, १५ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

पूर्वी चीनमा एक अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको ज्यान गएको छ। घटनामा ४० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ।

नानचिङ सहरमा सो आगलागी भएको थियो।

इलेक्ट्रिक बाइक राखिएको भवनको पहिलो तलाबाट आगलागी सुरु भएको अधिकारीहरुले बताएका छन्। तर, आगलागीको कारण पनि स्पष्ट भइसकेको छेन।

नानचिङ ८० लाखभन्दा बढी मानिस बस्ने सहर हो। यो सांघाइबाट २६० किमि टाढा छ।

शुक्रबार बिहान ४ः४० मा आगो लागेपछि २५ वाहन र १३० अग्निनियन्त्रक खटाइएको थियो। ६ बजे आगो नियन्त्रणमा आएको थियो।

उपचाररत ४४ घाइतेमध्ये एकको अवस्था नाजुक रहेको बताइउको छ।

नानचिङका मेयर चेन चिचाङले पीडितहरुप्रति समवेदना प्रकट गर्नुका साथै उनीहरुसँग माफी पनि मागेका छन्। एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖