• Tuesday 6th of October 2026

सुनचाँदीको मूल्य बढ्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन आइतबार प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँ बढेर कारोबार भइरहेको छ । चाँदीको मूल्य एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖