• Sunday 4th of October 2026

मोरक्कोमा भूकम्प : २९६ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

एजेन्सी । मोरक्कोमा भूकम्प जाँदा २९६ जनाको मृत्यु भएको छ ।
६.८ म्याग्निच्यिुडको शक्तिशाली भूकम्प जाँदा २९६ जनाको ज्यान गएको मोरक्कोको गृह मन्त्रालयले बताएको बीबीसीले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर दक्षिणपश्चिमको उच्च एटलस पर्वतमा रहेको समाचारमा उल्लेख छ । यसको केन्द्र भूमिगत १८.५ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो ।

भूकम्प स्थानीय समयअनुसार राति ११ः११ बजे भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖