• Tuesday 6th of October 2026

निशा र शरदको मुद्दामा निशाले अंश पाउने काठमाडौं जिल्ला अदालतको फैसला


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेत्री निशा अधिकारी र पूर्वक्रिकेटर शरद भेषवाकरबीचको मुद्दामा काठमाडौं जिल्ला अदालतले निशाले अंश पाउने फैसला सुनाएको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार सगोलको सम्पत्तिको तीन भागको एक भाग निशाले पाउने फैसला गरेको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले मंसिर २८ मा यस्तो फैसला सुनाएको हो । फैसला प्रमाणीकरण चाहिं माघ १९ मा भएको थियो ।

निशा र शरदको बच्चाको उमेर १८ वर्ष नहुँदासम्म आमाबाबु दुवैको संरक्षणमा हुनुपर्ने फैसला पनि अदालतले सुनाएको छ । अंश नपाउँदासम्म मानाचामल बापत बादीहरु (निशा र बच्चा)ले शरदबाट मासिक ४१ हजार रुपैयाँ पाउने ठहरसमेत अदालतले गरेको छ ।

तर नाता सम्बन्ध र अंशियारमा उनीहरुबीच विवाद देखिएको छैन । सूचना अधिकारी पन्थीका अनुसार शरदले माथिल्लो अदालतमा फैसलालाई लिएर पुनरावेदन गर्न पाउनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖