काठमाडौं । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले आफूले श्रीमती सुन्नीमा खालिङमाथि हिंसा नगरेको बरु आफू पीडित रहेको बताएका छन् ।
उनले आफूले श्रीमतीलाई पीडित बनाएको भन्दा पनि उल्टै आफू श्रीमती पीडित भएको आरोप लगाए । युट्युबर सम्मेलन गर्दै उनले श्रीमतीबाट पाएको विभिन्न दुःख शेयर गरे । आफूले अर्को युवतीलाई गर्भवती बनाएको भनेर श्रीमती सुम्निमाले लगाएको आरोपको खण्डन गरे ।
‘मेरो शुक्रकिटमा समस्या देखिएकाले बाउ बन्न योग्य छैन’, उनले भने ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौँ । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो ।’ उनले यसका लागि आफूले औषधि पनि सेवन गरेको सुनाए । सुम्निमाले आफूसँग पैसा मागेर मदिरा खाएर झगडा र आक्रमणलगायतको क्रियाकलाप गर्ने गरेको बताए ।
