• Wednesday 7th of October 2026

खोकीको औषधि खाँदा बालबालिकको ज्यान गएको घटनामा २३ जनालाई जेल सजाय


  • धनकुटा खबर
  • .

एजेन्सी – उज्बेकिस्तानको एक अदालतले दूषित कफ सिरप अर्थात् खोकीको औषधिबाट ६८ जना बालबालिकाको ज्यान गएको घटनामा २३ जनालाई जेल सजाय सुनाएको छ। उनीहरू कर छली, गुणस्तरहीन वा नक्कली औषधि बिक्री, कार्यालयको दुरुपयोग, लापरबाही, किर्ते र घुसको अभियोगमा दोषी ठहर भएका हुन् । सजायको दायरा २ देखि २० वर्षसम्मको रहेको बीबीसीले जनाएको छ ।

हानिकारक दूषित सिरपहरू भारतको मेरियन बायोटेकले उत्पादन गरेको र उज्बेकिस्तानको कुरम्याक्स मेडिकलले वितरण गरेको थियो । कुरम्याक्स मेडिकलका कार्यकारी निर्देशक सिंह राघवेन्द्र प्रतारलाई सबैभन्दा लामो २० वर्षको जेल सजाय सुनाइएको खबरमा उल्लेख छ ।

आयातित औषधिलाई इजाजतपत्र दिन जिम्मेवार पूर्व वरिष्ठ अधिकारीहरूलाई पनि सजाय सुनाइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसअघि नै मेरियन बायोटेकका दुईवटा कफ सिरप एम्ब्रोनोल र डोक–१ म्याक्स कम गुणस्तरको औषधि रहेको बताएको थियो ।

अदालतले ज्यान गुमाउने ६८ जना बालबालिकाका परिवारलाई र खोकीको सिरप खाँदा अपाङ्ग भएका चार जना बालबालिकाका परिवारलाई ८० हजार डलर क्षतिपूर्ति दिने निर्णय गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖