काठमाडौं । अभिनेत्री निशा अधिकारी र उनका पूर्वक्रिकेटर श्रीमान शरद भेषवाकरले आफूहरुको सबै अंश छोराको स्वामित्वमा राख्ने भएका छन् । निशाले मंगलबार फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै यस्तो जानकारी दिएकी हुन् ।
उनले यसका लागि प्रक्रिया अघि बढेको जानकारी दिएकी छन् । आफूहरुले एकअर्काबाट पैसा नलिने समेत उल्लेख गरेकी छन् । कानूनमा आमा र बुवा दुबैको सबै कुरा भाग लाग्ने व्यवस्था रहेको उल्लेख गर्दै निशाले कानूनी उपचार आफ्नो व्यक्तिगत रहेको बताएकी छन् ।
दुबैको धनसम्पत्तिमा दुईटैको नजर नरहेको उल्लेख गर्दै निशाले छोरा र छोरीलाई बराबर अंश दिने प्रावधानको स्मरण गराएकी छन् । ‘तसर्थ कोबाट धेरै पाउँछ भन्ने कुरा नितान्त व्यक्तिगत हो’ उनले लेखेकी छन् ।
उनले आफ्नो सन्तानको आर्थिक पाटो सुल्झाउन पाएकोमा आफूलाई गव लागेको उल्लेख गरेकी छन् । उनले कानूनी उपचार लिएर समस्या सुल्झाउन हुने पहललाई सामान्यीकरण गर्न समेत आग्रह गरेकी छन् । अझै पनि कानून संसोधन जरुरी रहेको उनको धारणा छ ।
केही वर्षदेखि आफूले कठिन परिस्थिती भोगिरहेको र यसबाट मुक्त भएको उनको भनाई छ । दुबै अभिभावकको हेरचाहमा छोरालाई हुर्काउने शान्त वातावरण बनेको पनि उनले बताएकी छन् ।
