• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नामिबियाले नेपाललाई दियाे २ सय ७ रनकाे लक्ष्य, लफ्टी एटाेनले ताेडे कुशल मल्लकाे रेकर्ड


  • धनकुटा खबर
  • .

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नामिबियाले नेपाललाई २ सय ७ रनकाे लक्ष्य दिएकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनायाे ।

नामिबियाका जान निकाेल लफ्टी एटाेनले कीर्तिमानी शतक बनाए । उनले ३३ बलमै शतक बनाउँदै नेपालका कुशल मल्लकाे रेकर्ड ताेडे । यसअघि नेपालका कुशल मल्लले मङ्गाेलियासँगकाे खेलमा ३४ बलमा शतक बनाएका थिए ।

लफ्टी एटन ३६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै मलन क्रुगेरले ५९ रन बनाए । नेपालका कप्तान राेहित पाैडेलले २ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖